Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

टी-२० विश्वकपको उपाधि इंग्ल्यान्डले जित्यो

टी-२० विश्वकपको उपाधि इंग्ल्यान्डले जित्यो

images

इच्छाकामना न्युज

२७, कार्तिक २०७९
टी-२० विश्वकपको उपाधि इंग्ल्यान्डले जित्यो
images

काठमाडौं । अस्ट्रेलियामा जारी टी–२० विश्वकपको उपाधि इंग्ल्यान्डले जितेको छ। आइतबार भएको खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्ड च्याम्पियन बनेको हो। इंग्ल्यान्डले एक ओभर बाँकी रहँदै जित निकाल्यो। २०१० पछि इंग्ल्यान्ड च्याम्पियन बनेको हो। साथै इंग्ल्यान्ड एकदिवसीय विश्वकपपछि टी–२० विश्वकप जित्ने पहिलो देश बन्यो।

इंग्ल्यान्डले १२ वर्षपछि टी–२० विश्वकपको उपाधि जित्दा बेन स्टोक्सले ५२ रनको अर्धशतकीय अविजित इनिङ खेले। त्यस्तै उसका लागि थप स्कोरका रुपमा मोइन अलीले १९ रन बनाए। त्यसअघि जोस बटलरले २६ रन बनाउँदा फिल साल्टले १० रन बनाए। त्यस्तै ह्यारी ब्रुक्सले २० रन बनाएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले इंग्ल्यान्डलाई जितका लागि १ सय ३८ रनको सामान्य लक्ष्य दिएको थियो। मेलवर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो।

पाकिस्तानका लागि सन मसुदले ३८ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै कप्तान बाबर अजामले ३२ रन बनाउँदा सादव खानले २० रन बनाए। त्यस्तै ओपनर मोहम्मद रिजवानले १५ रन बनाउँदा अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

इंग्ल्यान्डका लागि साम कुरानले सर्वाधिक ३ विकेट लिँदा आदिल रसिद र क्रिस जोर्डनले समान २–२ विकेट लिएका थिए। थप १ विकेट बेन स्टोक्सको नाममा रह्यो।

images
प्रकाशित मिति :कार्तिक २७, २०७९ आइतवार - २१:४२:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology