Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

गोरखाको कच्ची सडक पाँच वर्षभित्र पिच हुन्छ : प्रचण्ड

गोरखाको कच्ची सडक पाँच वर्षभित्र पिच हुन्छ : प्रचण्ड

इच्छाकामना न्युज

२४, कार्तिक २०७९
गोरखाको कच्ची सडक पाँच वर्षभित्र पिच हुन्छ : प्रचण्ड

गोरखा । माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले गोरखाका धुले सडकहरु पाँच वर्ष भित्र कालोपत्रे हुने बताएका छन् । बिहिवार गोरखाको भच्चेकमा आयोजित चुनावी सभालाई संवोधन गर्दै उनले भने ‘म अहिले धुलो, हिलो र असजिलो बाटोहरु हिँडिराख्याछु, पाँच वर्ष भित्र यी सबै बाटोलाई पिच बनाउने र यहाँको जनतको जिबनमा परिर्वतन ल्याउने छु ।’

images

बाटो राम्रो भयो भने, चिल्हो भयो भने गाडी सलल् कुद्ने बताउँदै उनले जति गाडी छिटो दौडिन्छ बिकासको गति त्यती छिटो हुने बताए । आर्थिक बिकासको पूर्वाधारकालागि सडक प्रमुख रहेकाले पहिलो प्राथमिकता पालिका, वार्ड, मुख्य सडक कालोपत्रे गर्नेमा दिने उनले बताए ।

देशमा राजनीतिक परिर्वतन सँगै आर्थिक बिकास भने हुन नसकेको उनले बताए । ‘अब आर्थिक क्रान्ती गर्न सकिएन भने राजनीतिक क्रान्ती पनि खतरामा पर्ने भयो’ दाहालले भने ‘जनताको घर आगनमा उज्यालो पु¥याउन सकिएन, आर्थिक क्रान्ती र समृद्धी जोड्न सकिएन ।’ अहिले गठबन्धन दलबिच संविधानको रक्षाका साथै राजनीतिक स्थायीत्व र आर्थिक समृद्धीलाई तिब्र गतीमा अघि बढाउने निर्णय भएको उनले बताए ।

‘मेरो बाँकी जिबन अब आर्थिक क्रान्तिमका निम्ती हुनेछ’ उनले भने ‘देशमा आर्थिक क्रान्ती गर्न गोरखाले त्यसको नेतृत्व गर्छ, गोरखाबाट सुरु गर्ने गरी म यहाँ आएको हुँ ।’ गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकलाई राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय रुपमा परिचित गन्तब्यको रुपमा बिकास गर्ने र पर्यटकीय केन्द्र बनाउने दाहालले बचन दिए । त्यहाँ उत्पादन भएको चिया, अलैँची देशभर बिक्री गर्ने, शिक्षा स्वास्थ्य, रोजगारीको सिर्जना गर्ने उनले बताए ।

संविधान सभा बिघटन मात्र नभई राष्ट्रपतिले नागरिकता बिधेयक प्रमाणिकरण नगर्नुपनि संविधानको उलंघनको नमुना भएको माओवादी केन्द्रका अध्यक्ष दाहालले बताए । ‘संविधान र लोकतन्त्र बिरोधी प्रवृत्तीले टाउको उठाउने खतरा छ’ उनले भने ‘मंसिर ४ गते प्रतिगमनलाई परास्त गर्नुपर्छ ।’

गठबन्धन भित्रैकै नेपाली कांग्रेसका नेता कार्यकर्तालाई लक्षित गर्दै उनले १२ बुँदे समझदारी नै जय नेपाल र लाल सलाम सँगै रहेको स्मरण गराए । मनमा कतै द्वविधा छ भने कसैले त्यो राख्न जरुरी नभएको बताउँदै उनले भने ‘सम्झौता हुने नै दुई युद्धरत पक्षबिच हो, ठुला परिर्वतन ल्याउन भुमिका तिनैको हुन्छ, यो गठबन्धन चुनावका लागि मात्र होइन, विकास र संवृद्धिका लागि पनि हो ।’

images
प्रकाशित मिति :कार्तिक २४, २०७९ बिहिवार - २३:०७:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology