Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तान्जानियाको एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु 

तान्जानियाको एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु 

एजेन्सी

२१, कार्तिक २०७९
तान्जानियाको एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु 
images

तान्जानियाको एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना भएको हो ।

images
images

जसमा १९ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएको बीबीसीले लेखेको छ । ४३ जना सवार विमान दारेसलामबाट बुकोबाका लागि उडेको थियो । विमान दुर्घटनाको कारण भने खुलेको छैन ।

यद्यपि दुर्घटनाको कारण खराब मौसम हुन सक्ने भनिएको छ । विमान दुर्घटनामा परेपछि स्थानीयवासी र माझीहरूले डुङ्गाको सहायतामा यात्रुहरूलाई उद्धार गरेका थिए ।

राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति शोक व्यक्त गर्दै घाइतेको उपचारमा कुनै कमी बाँकी नराख्न निर्देशन दिनुभएको छ ।

images
प्रकाशित मिति :कार्तिक २१, २०७९ सोमवार - ०९:२५:२८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology