Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

घरेलु हिंसाविरुद्ध उजुरी दर्ता हुने क्रम बढ्दै 

घरेलु हिंसाविरुद्ध उजुरी दर्ता हुने क्रम बढ्दै 

इच्छाकामना न्युज

२१, कार्तिक २०७९
घरेलु हिंसाविरुद्ध उजुरी दर्ता हुने क्रम बढ्दै 
images

काठमाण्डौ । गत ३ महिनामा दर्ता भएका महिला हिंसाका उजुरीहरूमा सबैभन्दा बढि घरेलु हिंसाको उजुरी दर्ता भएका छन् । राष्ट्रिय महिला आयोगको तथ्याङ्क अनुसार गतसाउन देखि असोज मसान्तसम्म आयोगमा ३ सय ६६ वटा उजुरी दर्ता भएका छन् । जसमा करिब ७० प्रतिशत घरेलु हिंसामो उजुरी दर्ता भएको छ ।

images
images

आयोगका अनुसार घरेलु हिंसाका मात्रै २ सय ५६ वटा उजुरी दर्ता भएका छन् । साउनमा १ सय २१ वटा घरेलु हिंसाको उजुरी दर्ता भएको थियो भने भदौ घटेर ८५ वटा घरेलु हिंसाका उजुरी दर्ता भएको थियो ।

असोजमा यो सङ्ख्या अझै  घटेको छ  । आयोगका अनुसार ५० वटा उजुरी मात्रै दर्ता भएको छ ।  दर्ता भएका उजुरीहरू हाल कारबाहिकै प्रक्रियामा रहेको आयोगका प्रवक्ता चमिला भट्राईले सीआईएनसँग बताउनुभयो ।

आयोगमा गत ५ वर्षमा भने १६ हजार ५ सय ९८ वटा उजुरी दर्ता भएका छन् । जसमा अनलाई मार्फत मात्रै ६ हजार ३ सय ८५ उजुरी दर्ता भएको आयोगले जनाएको छ ।

दर्ता भएका उजुरीहरू मध्ये १६ हजार २ सय ९३ वटा उजुरीको सुनुवाई गरिएको आयोगले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २१, २०७९ सोमवार - ०९:२२:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology