Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मतदाताको माग 

गाउँमै बस्ने वातावरण सिर्जना गरिदिन उम्मेदवारहरूलाई मजदुर मतदाताको माग 

गाउँमै बस्ने वातावरण सिर्जना गरिदिन उम्मेदवारहरूलाई मजदुर मतदाताको माग 

सिआईएन

२०, कार्तिक २०७९
गाउँमै बस्ने वातावरण सिर्जना गरिदिन उम्मेदवारहरूलाई मजदुर मतदाताको माग 
images

अविनाश आचार्य, काठमाडौँ । प्रदेश, प्रतिनिधि सभामा निर्वाचित भएपछि आफूहरूलाई समेत सम्बोधन गर्ने नीति, नियम ल्याउनुपर्ने मजदुरहरूले माग गरेका छन् । रोजगारीको खोजीमा गाउँ छोडेर सहर पसेका उनीहरू मतदान गर्न आफ्नै गाउँ फर्किने सोचमा छन् । तर निर्वाचित भएपछि पनि आफूहरूलाई गाउँमै बस्ने वातावरण बनाइदिन उनीहरूको माग छ ।

images
images

श्रम शक्ति सर्वेक्षण २०१७ का अनुसार आन्तरिक श्रम बजारमा ७० लाख ८६ हजार कार्यरत छन् । यसमध्ये ४४ लाखभन्दा धेरै अनौपचारिक क्षेत्रमा काम गर्छन् । कृषि क्षेत्रमा १४ लाख ३४ हजारले रोजगारी पाएका छन् भने गैरकृषिमा २९ लाख ४ हजार कार्यरत छन् । घरेलु श्रममा भने ७३ हजार जोडिएको तथ्याङ्कले देखाउँछ ।

रोजगार र आम्दानी नभएपछि गाउँबाट सहर पसेका श्रमिकलाई मङ्सिर ४ को चुनावले छोएको छ । तर जुन कारणले उनीहरूले गाउँ छोडे, त्यसको समाधान अहिलेसम्म नभएकोमा भने आक्रोश र निरासा पाइन्छ । सहरका सडकमा निधारमा नाम्लो कसेर गुजारा चलाईरहेकाहरू सकभर गाउँमै फर्किन चाहन्छन् । आफ्नो भोटबाट जितेर आउनेहरूले रोजगारी दिए हुन्थ्यो भन्ने सपनाले पनि त्यो पूरा भएको छैन । 

images
प्रकाशित मिति :कार्तिक २०, २०७९ आइतवार - ०८:५५:२० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology