Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवन विशेष

सबै मतपत्रसहितका निर्वाचन सामग्री चितवनमा पनि आइपुग्यो

सबै मतपत्रसहितका निर्वाचन सामग्री चितवनमा पनि आइपुग्यो

इच्छाकामना न्युज

२०, कार्तिक २०७९
सबै मतपत्रसहितका निर्वाचन सामग्री चितवनमा पनि आइपुग्यो

चितवन । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतपत्रलगायतका निर्वाचनमा आवश्यक सबै सामग्री चितवनमा आइपुगेको छ ।

images

प्रतिनिधि र प्रदेशसभा दुवैतर्फको प्रत्यक्ष र समानुपातिकको मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले नारायणी अनलाइनलाई जानकारी दिए । ‘सबै प्रकारका मत्र शनिबार नै चितवन आइपुगेको छ, निर्वाचनका लागि चाहिने अन्य आवश्यक सामग्री पनि आइसकेको छ, हामी व्यवस्थापनको काम गरिरहेका छौं’–कार्कीले भने ।

चितवनमा कुल ४ लाख ८ हजार मतदाता रहेका छन् । जसमा १० प्रतिशत थप गरेर मतपत्र आइपुगेको कार्कीले बताए । जिल्लामा प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभातर्फ ६ गरि ९ वटा निर्वाचन क्षेत्र छन् ।

images
प्रकाशित मिति :कार्तिक २०, २०७९ आइतवार - ०८:२७:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology