Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

डेङ्गी सङ्क्रमण

डेङ्गी सङ्क्रमणदर ५० प्रतिशतले घट्यो 

डेङ्गी सङ्क्रमणदर ५० प्रतिशतले घट्यो 

सिआईएन

१९, कार्तिक २०७९
डेङ्गी सङ्क्रमणदर ५० प्रतिशतले घट्यो 
images

काठमाण्डौ । अघिल्लो महिनाको तुलनामा नेपालमा डेङ्गी सङ्क्रमणको दर ५० प्रतिशतले घटेको छ । असोजको दोस्रो सातासम्म २७ हजारमा डेङ्गी सङ्क्रमण पुष्टि भएकोमा कात्तिक महिनामा भने  दोस्रो सातासम्ममा १३ हजारमा मात्रै सङ्क्रमण देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

images
images

चिसो मौसमको सुरू भएसँगै नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या कम भएको छ । तर, सङ्क्रमणको जोखिम भने कायमै रहेको सङ्क्रामक रोग विशेषज्ञहरू बताउँछन् । जथाभावी जडिबुटि सेवन गर्दा फाईदा भन्दा नोक्सानी गर्ने सम्भावना भएको भन्दै त्यस्तो जोखिम लिन नहुने सङ्क्रामक रोग विषेशज्ञ डाक्टर शेर बहादुर पुनले सीआईएनसँग बताउनुभयो ।

नेपालमा गत साउनदेखि हालसम्म कुल ४६ हजार ७३८ जनामा डेङ्गी सङ्क्रमण पुष्टी भइसकेको छ भने सङ्क्रमणका कारण ५४जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७९ शनिवार - ०९:०३:५४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology