काठमाण्डौं, १८ पौष ।
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् ।
यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका , कहिले घरवेशी कहिले प्रदेशीको पिडामा सर्मित गित, कहिले मौलिकता झल्काऊने झ्याऊरे गितहरु , कहिले आधुनिक गितहरु , कहिले लोक दोहोरी गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । प्रायजसो गितहरुमा मायाप्रेमको विषयवस्तु समावेश भएकोले यता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
यसै विच लोक तथा दोहोरी गायिका विष्णु माया गुरुङ र लोकप्रिय गायक सुमधुर स्वरका धनि शितल गुरुङ लोक दोहोरी क्षेत्रका अत्यन्तै लोकप्रिय गायक गायिका हुन् ।
इमेज लोक कलाकार सिजन –२ पब्लिक च्वाईल अवार्ड विजेता गायक शितल गुरुङ पछिल्लो समय अत्यन्तै लोकप्रियता र व्यस्थता कमाएका गायक हुन् । उनका आवाजका धेरै फ्यानहरु छन् भने उनले गाएका थुप्रै गितहरु चर्चाको शिखरमा छन् । लोकप्रिय कार्यक्रम सारङ्गि संसारका नियमित कलाकार , जादुमय एवम् मखमलि स्वरका धनि , संगितमाला रोधि घरका कलाकार शितल गुरुङ काठमाडौमा रहेर आफ्नो सांगितिक यात्रा अघि वढाईरहेका छन् ।
यस्तै विष्णु माया गुरुङ पनि लोकप्रिय गायिका हुन् । संगितमाला रोधि घरकि संचालिका गुरुङले गाएको गितहरु पनि पछिल्लो समय अत्यन्तै चर्चामा छन् । उनिले गाएको ुसल्ला धुपैलेु गित केहि समय अघि करोड क्लवमा प्रवेश गरि सकेको थियो ।
यिनि चर्चित दुई कलाकारहरुको फ्यान शुभचिन्तकहरुले नया गित कहिले आऊछ भनेर धेरै प्रतिक्षामा रहनु भएको छ , उहाहरुको प्रतिक्षाको घडि सकिएको छ , ुकाठैको ढोका , काठैको झ्यालु वोलको अत्यन्तै मैलिकता झल्काऊने झ्याऊरे गित भखर्रै विष्णुमाया गुरुङको अफिसियल युटुवबाट सार्वजनिक भएको छ ।
गोर्खाली चर्चित सर्जक रमेश परियारको उत्कृष्ट लय शब्द सृर्जनामा रहेको गितमा चर्चित गायक गायिका शितल गुरुङ र विषणुमाया गुरुङको सुमधुर स्वरमा सजिएको छ । निकै मिठो , मौलिकतापन झल्काऊने गितको एरेन्ज भने विनोद बाजुरालीको रहेको छ र मालाश्री रेकडिङ्ग स्टुडियोमा गितको सम्पुर्ण अडियो पाटो गरिएको थियो ।
संगितमाला रोधि घरको प्रस्तुतिमा रहेको गितलाई पछिल्लो समयका व्यस्त निर्देशक प्रकाश भट्टले निर्देशन गर्नु भएको छ भने सुरेश श्रेष्ठको छांयाकन रहेको गितलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।