Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

मा‌ओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मतदाता भेटघाटमा व्यस्त

मा‌ओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मतदाता भेटघाटमा व्यस्त

इच्छाकामना न्युज

१८, कार्तिक २०७९
मा‌ओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मतदाता भेटघाटमा व्यस्त

गाेरखा । नेपाल कम्युनिष्ट पार्टी मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदाता भेटघाटका  लागि आज गाेरखा आइपुगेका छन् । प्रचण्डले आज गाेरखा नगरपालिकाका विभिन्न वडाका  नागरिकहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेकाे माओवादी नेता लेख बहादुर थापा मगरले जानकारी दिए ।

images

प्रचण्ड आज गाेरखा नगरपालिका वडा नम्बर १४ बाट प्रवेश गरी आजै दिउँसाे गाेरखा दरबार सँग्रहालय परिसरमा प्रेस सेन्टर नेपालले गर्ने पत्रकार सम्मेलनमा भाग लिने कार्यक्रम रहेकाे गठबन्धन जिता‍‍औँ अभियानका प्रेस कमाण्डर राजेन्द्र न्याैपानेले बताए ।

गाेरखा निर्वाचन क्षेत्र नम्बर २ मा प्रचण्डले उम्मेदवारी दिएका छन् । प्रचण्डकाे उम्मेदवारीसँग गाेरखाकाे निर्वाचनमा देशैभरीका नागरिकहरुकाे ध्यान केन्द्रिकृत भएकाे छ ।

जीवनकाे छाेटाे कार्यकालमा नै नेपाली राजनीतिमा नयाँ नयाँ प्रयाेग गर्दै आएका प्रचण्डकाे पछिल्लाे अभिव्यक्ति समृद्धि र सुशासनकाे रहेकाे छ । प्रचण्डकाे पछिल्ला गतिविधि आर्थिक क्षेत्रकाे वृहत परिवर्तन गर्ने देखिएकाले नेपाल नयाँ युगमा प्रवेश गर्न लागेकाे नागरिक सन्त बहादुर गुरुङले बताएका छन् ।

images
प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - १०:०७:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology