Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित काठमाडौंँबाट तीनजना पक्राउ 

स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित काठमाडौंँबाट तीनजना पक्राउ 

इच्छाकामना न्युज

१८, कार्तिक २०७९
स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित काठमाडौंँबाट तीनजना पक्राउ 
images

काठमाण्डौ । स्रोत नखुलेको रकमसहित काठमाडौंँबाट तीन जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको ३१ लाख ८१ हजार ३८५ रुपयाँ सहित भारत नयाँदिल्ली घर भई ठमेलमा बस्ने कमलकान्त कुल्थिया, राजस्थान घर भई ताहाचल बस्ने किशन गोपाल र सप्तरी घर भई नक्साल बस्ने निर्मलकुमार अग्रवाललाई प्रक्राउ गरेको जनाएको छ ।

images
images

हुन्डी कारोबार गरिरहेको भन्ने सूचना पाएपछि पक्राउका लागि टोली परिचालन गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । नेपाल राष्ट्र बैङ्क ऐन २०५८ अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ । 

images
प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - ०९:५५:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology