Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोरोनाका कारण विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या ८ करोड ४३ लाख नाघ्यो 

कोरोनाका कारण विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या ८ करोड ४३ लाख नाघ्यो 

एजेन्सी

१८, पौष २०७७
कोरोनाका कारण विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या ८ करोड ४३ लाख नाघ्यो 
images

काठमाण्डौं, १८ पौष । 
विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमितको सङ्ख्या ८ करोड ४३ लाख नाघेको छ । गत २४ घन्टामा विश्वभर थप ५ लाख ४९ हजार २ सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ८ करोड ४३ लाख ५६ हजार ९ सय ९९ पुगेको छ ।

images
images

वल्ड मिटर्सको तथ्याङ्कअनुसार गत २४ घन्टामा विश्वभर थप ९ हजार ३ सय ४० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १८ लाख ३४ हजार ५ सय १९ पुगेको छ ।

यस्तै हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ५ करोड ९६ लाख २५ हजार ६ सय ४१ जना स्वस्थ भएका छन् । पछिल्लो २४ घण्टाभित्र थपिएका सङ्क्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी १ लाख ६३ हजार २ सय ५२ जना रहेका छन् भने २ हजार ८५ जनाको मृत्यु भएको छ । यस्तै भारतमा पछिल्लो २४ घण्टामा १७ हजार ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १ सय ८७ जनाको मृत्यु भएको छ । 

images
प्रकाशित मिति :पौष १८, २०७७ शनिवार - ०९:११:२२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology