Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुर स्थित लामाटोल भोजाडबाट १६ जना जुवाडे पक्राउ

भरतपुर स्थित लामाटोल भोजाडबाट १६ जना जुवाडे पक्राउ

इच्छाकामना न्युज

१५, कार्तिक २०७९
भरतपुर स्थित लामाटोल भोजाडबाट १६ जना जुवाडे पक्राउ
images

चितवन । भरतपुर महानगरपालिका–११ लामाटोलबाट जुवा खेल्दै गरेका कौडासहित १६ जना पक्राउ परेका छन् ।

images
images

जिल्ला प्रहरी कार्यालय चितवनले जनाएअनुसार आज दिउँसो लामाटोलको मैती लामाको घरमा कौडा खेलिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले नगद एक लाख २८ हजारसहित कौडा १६ थान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भरतपुर–११ बस्ने वर्ष ४० की मिना कुमारी दर्लामी, वर्ष ३८ की तिर्थकुमारी गुरुङ, बर्ष ३० की सबु गुरुङ, वर्ष ३७ को सरोज गुरुङ भरतपुर–११ का वर्ष ३५ को डम्बरजङ गुरुङ, सोही ठाउँको वर्ष ३५ को सरोज न्यौपाने, वर्ष ४१ को राजेन्द्र सिंखडा, वर्ष ३२ को शिव कुमाल, वर्ष ४२ को कुमार सिंह तामाङ, वर्ष ३० को प्रविण भट्टराई, वर्ष ३४ को जितेन्द्र कुमाल, वर्ष ४८ को कृष्णबहादुर तामाङ, वर्ष ६८ को बलबहादुर कुमाल र वर्ष ६८ को रेशमबहादुर लामा रहेका छन् ।

त्यस्तै तनहुँ घर भई सोही ठाउँमा बस्ने वर्ष ३७ को शिवराज घिमिरे, लमजुङ घर वर्ष ४८ को दिलबहादुर गुरुङ रहेका छन् । उनीहरुलाई जुवा खेल्न नहुनेसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १५, २०७९ मंगलवार - २१:१९:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology