Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रिमियर लिगमा टोटनह्यामको नाटकीय जित

प्रिमियर लिगमा टोटनह्यामको नाटकीय जित

images

एजेन्सी

१३, कार्तिक २०७९
प्रिमियर लिगमा टोटनह्यामको नाटकीय जित
images

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम तेस्रो स्थानमा उक्लिएको छ । गयराति भएको खेलमा एएफसी बर्नमाउथमाथि ३–२ गोलको पुनरागमन जित निकाल्दै तेस्रो स्थानमा उक्लिएको हो । २ गोलले पछि परेको टोटनह्यामले उल्टै ३ गोल थपेको थियो ।

२२ औं मिनेटमा किफर मोरेले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए । उनैले ४९ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पनि बनाएका थिए । २ गोलको अग्रता जोगाउन असफल भएको थियो ।

५७ औं मिनेटमा टोटनह्यामका लागि रियान सेसेसनले गोल गर्दै अग्रता २–१ मा झारेका थिए । ७३ औं मिनेटमा बेन्जामिन डेभिसले गोल गरेपछि खेल २–२ को बराबरीमा आएको थियो ।

दोस्रो हाफको अतिरिक्त दोस्रो मिनेटमा रोड्रिगो बेन्टकरले गोल गरेपछि टोटनह्यामले नाटकीय रुपमा ३–२ को जित निकाल्न सफल भयो ।

जितपछि टोटनह्याम २६ अंकका साथ तेस्रो स्थानमा रहेको छ भने पराजित भएको वर्नमाउथ १४ औं स्थानमा रहेको छ । प्रिमियर लिगमा म्यानचेस्टर सिटी भने शीर्ष स्थानमा रहेको छ ।

images
प्रकाशित मिति :कार्तिक १३, २०७९ आइतवार - ०८:२५:३९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology