काठमाण्डौं, १७ पौष ।
नयाँ स्वरूपको कोरोना भाइरस चीनमा पनि देखिएको छ ।
गत वर्षको डिसेम्बरमा चिनबाट नै सुरु भएको कोरोना भाइरस यतिबेला
लगभग विश्वको सबै देशमा भेटिएको छ। त्यसको एक वर्षपछि फेरि चीनमा नै २३ वर्षीया एक महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको बीबीसीले जनाएको छ ।
नयाँ स्वरुपको कोरोना भाइरसका सङ्क्रमित बेलायतमा धेरै भेटिएको छ भने अरु देशमा पनि फैलन सुरु भइसकेको छ । बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएपछि बेलायतसँगको आवातजावत धेरै देशले बन्द गरेका छन्।