Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

सूर्य ग्रहण

यसपटकको खण्डग्रास सूर्य ग्रहण आज साँझ ४ बजेर ४७ मिनेटदेखि 

यसपटकको खण्डग्रास सूर्य ग्रहण आज साँझ ४ बजेर ४७ मिनेटदेखि 

images

इच्छाकामना न्युज

८, कार्तिक २०७९
यसपटकको खण्डग्रास सूर्य ग्रहण आज साँझ ४ बजेर ४७ मिनेटदेखि 
images

काठमाण्डौ । यसपटकको खण्डग्रास सूर्य ग्रहण आज साँझ ४ बजेर ४७ मिनेटदेखि अवलोकन गर्न सकिने भएको छ ।  नेपाली समयअनुसार काठमाडौंमा ४ बजेर ५४ मिनेटमा, पोखरामा ४ बजेर ५१ मिनेटमा, झापाको भद्रपुरमा ४ बजेर ५८ मिनेटमा, जनकपुरमा ४ बजेर ५६ मिनेटमा र कञ्चनपुरको महेन्द्रनगरमा ४ बजेर ४७ मिनेटमा ग्रहण देखिने छ ।

काठमाडौँबाट ३६ मिनेट, पोखराबाट ४२ मिनेट, भद्रपुरबाट २१ मिनेट, जनकपुरबाट ३२ मिनेट र महेन्द्रनगरबाट एक घण्टा २ मिनेटसम्म अवलोकन गर्न सकिनेवीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्राहलय विकास समितिले जनाएको छ ।

नेपालको सबै भागबाट केही क्षणका लागि सूर्यास्तको समयमा पश्चिम–दक्षिण पश्चिम भागमा अवलोकन गर्न सकिनेछ। खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर सूर्य ग्रहणलाई अवलोकन गर्नु हुँदैन । यसो गरेमा आँखा सदाका लागि बिग्रने सम्भावना रहन्छ। साथै एक्स रे, प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नुहुँदैन।

हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङ्गको धातु लेपन भएको चश्माबाट मात्र यसको अवलोकन गर्न सकिन्छ।सूर्य ग्रहणको समयमा मानवमा पर्ने प्रभावका विषयमा हालसम्म कुनै पनि वैज्ञानिक आधारहरू प्राप्त हुन सकेका छैनन्।

images
प्रकाशित मिति :कार्तिक ८, २०७९ मंगलवार - १०:३९:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology