Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

समाजसेवी तथा पूर्व सांसद मैयादेवी श्रेष्ठको गएराती निधन

समाजसेवी तथा पूर्व सांसद मैयादेवी श्रेष्ठको गएराती निधन

images

इच्छाकामना न्युज

६, कार्तिक २०७९
समाजसेवी तथा पूर्व सांसद मैयादेवी श्रेष्ठको गएराती निधन
images

चितवन । समाजसेवी तथा पूर्व सांसद मैयादेवी श्रेष्ठको निधन भएको छ । मैयादेवी कन्या कलेजकी संस्थापक संरक्षक समेत रहेकी श्रेष्ठको गएराती १ः१० बजेको समयमा उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

मैयादेवी श्रेष्ठको संक्षिप्त जीवनी र उनले दिएको दान

जन्म : विस १९८७ असोजको फूलपातीका दिन तनहूको वन्दिपुरमा
—विरगञ्जमा डिठ्ठा रहनुभएका वुवा विरवहादुर श्रेष्ठको निधन पछि सानै उमेरवाट आमा गणेशकुमारी श्रेष्ठको ममतामा हुर्कनुभयो
—नारायणगढमा हाल सञ्चालनमा रहेको वालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा दान, दार्जलिङ्ग देखि शिक्षक वोलाएर पठन पाठन शुरु गराउनु भयो । अहिले यो स्कूलमा कक्षा १२ सम्मको पढाइ हुन्छ
— भरतपुरमा मैयादेवी कन्याकलेज स्थापनाका लागि करोडौ रुपैयाँ खर्च । सामुदायको ब्यवस्थापनमा सञ्चालनमा रहेको यो कलेजमा अहिले पनि कक्षा ११ देखि स्नाकोत्तर सम्मको पढाइ हुन्छ ।
—२०४८ सालमा गोरखावाट निर्वाचित सांसद र पछि मनोनित राष्ट्रिय सभाको सांसद गरि लगातार १२ वर्षसम्म सांसद
—काग्रेसको केन्द्रिय कार्यालयका लागि रवी भवनमा तीनतले घरजग्गा पार्टीलाई दान
—चितवन काँग्रेसका लागि नारायणगढको मुटुमै भवन दान
—गोरखामा पार्टी कार्यालय बनाउनकै लागि २० लाख रुपैयाँ दान
—नेपाली कांग्रेस देवघाटका लागि घडेरी दान
—प्रजातन्त्रवादी पत्रकारहरुको सस्था प्रेस युनियन चितवनको भवन वनाउनका लागि पनि उहाँले वसेनीमा जग्गा दान
—पिस फेडेरेसनलाई भरतपुर ११ मा, नारायणचारी बाबालाई देवघाटमा, महेश सन्यास आश्रमदेवघाटलाई, पतन्जली योग समिति नारायणगढमा, नेवा पुःचलाई नारायणगढ लगायतलाई उहाँले जग्गा दान
—आफ्नो सेवामा समर्पित हुने छोराहरु, भतिज, अन्य सेवकहरुलाई पनि उहाँले जग्गा दान

images
प्रकाशित मिति :कार्तिक ६, २०७९ आइतवार - ०७:३९:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology