मुग्लिन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी इच्छाकामनाले पूर्णता पाएको छ । पार्टीको आज बसेको बैठकले गाउँपालिका स्तरीय पार्टी कमिटि टुंग्याएको हो।
नवगठित समितिको पदाधिकारीहरु मध्य सभापतिमा जित बहादुर थापा, उपसभापतिमा प्रेम गुरुङ, सचिवमा सुदिप त्रिपाठी, सह–सचिवमा पार्वती सिलवाल, कोषाध्यक्षमा प्रकाश सिलवाल, सदस्यहरुमा नवराज अधिकारी, पुरुषोत्तम पोखरेल, प्रदिप रिजाल, राम पाण्डे, ओम माया श्रेष्ठ र चमेली आले रहेका छन्।
मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको संयोजक रवि लामिछाने उम्मेद्वार बनेपछी इच्छाकामनामा संगठन बिस्तार गरेको थियो।
पारम्परिक राजनैतिक पार्टीसंग जनताको विश्वास गुमेको भन्दै बैकल्पिक राजनैतिक शक्तिको रुपमा आफुलाइ पेश गरेको दावी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले इच्छाकामना गाउँपालिकामा बिस्तार गरेको कमिटीले पुर्णरूप पाएको हो ।
अब वडा कमिटीलाइ पनि यहि द्रुत गतिमा पुरा गर्ने र शसक्त ढंगले प्रचारप्रसारमा लाग्ने सचिव सुदिप त्रिपाठीले बताए। ३ महिला समेत गरी जम्मा ११ जनाको कार्यसमिति गठन भएको समेत उनले बताए ।