Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

पर्यटकीय सम्भावना बोकेको आँबुकोट गाउँमा सडक ढलान गरियो 

पर्यटकीय सम्भावना बोकेको आँबुकोट गाउँमा सडक ढलान गरियो 

images

इच्छाकामना न्युज

१६, पौष २०७७
पर्यटकीय सम्भावना बोकेको आँबुकोट गाउँमा सडक ढलान गरियो 
images

आँबुखैरेनी, १६ पुस । पर्यटकीय सम्भावना बोकेको आँबुखैरेनी–३, आँबुकोट गाउँमा १ सय ५० मिटर सडक ढलान गरिएको छ । गत कार्तिक २३ गते देखि ढलान कार्य सुरु गरिएको सडकमा मंसिर ९ गते ढलान कार्य सकिएको हो । 
आँबुखैरेनी गाउँपालिकाको ३ लाख, स्थानीयको ६२ हजार ४ सय बराबरको श्रमदान र रुद्र बहादुर दर्लामीको ५० हजार रुपैंयाको सहयोगमा आँबुकोट गाउँमा सडक ढलान गरिएको आँबुकोट गाउँ निर्माण उपभोक्ता समितीका सचिव पदम थापा मगरले बताउनुभयो । 

134801768_1585557784968108_8822551033094724442_o.jpg
सडक ढलान पछि गाउँमा सजिलै यातयातका साधन पुग्ने भएपछि स्थानीयबासीलाई सहज भएको छ । यस अघि सडकमा ढलान नहुदा स्थानीयले बर्षायाममा तथा रातको समयमा बाटो र अन्य समयमा ढुवानीको समस्या झेल्दै आएका थिए । 
यसैबीच, आज एक कार्यक्रमको आयोजना गरी आँबुकोट गाउँ निर्माण उपभोक्ता समितीका पुर्ब कार्य समितिलाई मायाको चिनो दिएर बिदाई तथा नयाँ कार्य समितिलाई खादा ओडाएर स्वागत गरिएको अनुगमन समितिका संयोजक मदन आले मगरले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :पौष १६, २०७७ बिहिवार - १८:३३:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology