Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

राजनिति

गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ भोट माग्दै पहिलो पटक इच्छाकामनाको विकट गाउँहरुमा पुगे

गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ भोट माग्दै पहिलो पटक इच्छाकामनाको विकट गाउँहरुमा पुगे

images

इच्छाकामना न्युज

५, कार्तिक २०७९
गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ भोट माग्दै पहिलो पटक इच्छाकामनाको विकट गाउँहरुमा पुगे
images

चितवन । नेपाल सरकारका राज्यमन्त्री एवम् चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उमेश श्रेष्ठले विपन्नलाई शिक्षा र स्वास्थ्यको पहुंँचमा पु¥याउने बताउनुभएको छ ।

शुक्रबार पहिलो पटक इच्छाकामना गाउंँपालिका विकट ठाउंँहरुमा पुग्नुभएको उहाँले मतदाता भेटघाट गर्ने क्रममा शिक्षा र स्वास्थ्यको पहुंँच बिना उनीहरुको जीवनस्तर उकास्न नसकिने बताउनु भयो । इच्छाकामनामा अन्य ठाउंँका हिसाबले पछाडि परेकोले आफूले निर्वाचन जितेपछि यहांँका विपन्न समुदायलाई आयआर्जनका कार्यलाई जोड दिने उहाँले दाबी गर्नुभयो ।

‘मैले शिक्षा क्षेत्रमा हजारांै विद्यार्थीलाई उज्यालो छरेको मान्छे अब, म राजनीतिबाट विपन्नको शिक्षा र स्वास्थ्यमा पहुंँछ पु¥याउनेछु’ उहाँले भन्नुभयो ।

गुणस्तरीय शिक्षा, स्वास्थ्य रोजगारीबाटनै गरिब, विपन्न समुदायको जीवनस्तर उकासिने बताउंँदै उहाँले आफूलाई मत दिए यस क्षेत्रको मुहार फेरिनेमा कुनै शंका नभएको बताउनुभयो । शिक्षा र स्वास्थ्यमा काम गरेर सफल भइसकेको बताउंँदै उहाँले काम गर्ने मान्छेलाई भोट दिएर जिताउन आग्रह गर्नुभयो । ‘ हिजोका नेताले यहांँ के गरे मूल्यांकन गर्नुस् । मैले के गरे त्यो पनि तपाइँहरुले देख्नु भएकै छ । म कम बोल्ने तर काम बढी गर्ने मान्छे हुंँ’ श्रेष्ठले भन्नुभयो ।

umesh3.webp

यहांँको युवा महिला, बृद्धबृद्धाले दुःख पाएकोले यहांँको लागि युवा महिला लक्षित विशेष कार्यक्रम ल्याइने उहाँको भनाइ थियो । ‘युवा महिलाकोहरुको लागि कृषि र रोजगारी, बालबालिका र बृद्धको लागि शिक्षा र गुणस्तरीय शिक्षाबाट परिवर्तन ल्याउने मेरो धोको छ,’ श्रेष्ठले भन्नुभयो । शिक्षा स्वास्थ्य क्षेत्रमा आफूले ठूलो लगानी गरेको भन्दै पछिल्लो समय कृषि क्षेत्रमा अघि बढेको पनि उहाँले बताउनुभयो । ‘अब यस्ता ठाउंँमा कृषिको प्रवद्र्धन गर्नुपर्छ, उत्पादनको बजार व्यवस्थापन अहिलेको चुनौती र आवश्यकता हो र मेरो प्राथमिकता पनि हो’ उहाँले भन्नुभयो । आफू बिपन्न गरिबको सेवा गर्न पाउंँदा खुसी हुने भन्दै यो अवसर दिन उहाँले आग्रह गर्नुभयो ।

images
प्रकाशित मिति :कार्तिक ५, २०७९ शनिवार - १९:२८:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology