जीवन कैला, बाजुरा, १६ पुस । बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर पाचँमा रहेको देवलकोट माध्यमिक विद्यालयमा विषयत शिक्षक नभएको भन्दै विद्यार्थीले धमाधम विद्यालय छोड्न थालेका छन् । माध्यमिक तहसम्म पढाई सञ्चालन भएको विद्यालयमा शैक्षिक सत्र अन्त्य हुन लाग्दासम्म पनि विषयगत शिक्षकको ब्यवस्थापन नभएको विद्यार्थीको गुनासो छ ।
कोरोना भाईरस सङ्क्रमणका कारण लामो समय बन्द रहेको विद्यालय सञ्चालनमा आए पनि नियमित पठन पाठन हुन नसकेको स्थानीय राजन विष्टले बताउनुभयो । शिक्षक अभावका कारण विद्यालयमा पठन पाठन सुचारु नहुँदा सो विद्यालयमा अध्ययन गरिरहेका रहेका विद्यार्थी छिमेकि जिल्ला कालिकोटकामा जान थालेका छन् ।
विद्यालयमा गणित, अँग्रेजी र विज्ञान विषयका शिक्षकको अभावका कारण विद्यालयमा अध्यनरत करिब ६० जना विद्यार्थी अहिले कालिकोटको पचाल झरना गाउँपालिकाको जनप्रिय माध्यमिक विद्यालयमा गएका छन् ।