Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

रुसमा गाभिएको युक्रेनका चार क्षेत्रमा सैनिक शासन लागू 

रुसमा गाभिएको युक्रेनका चार क्षेत्रमा सैनिक शासन लागू 

images

एजेन्सी

३, कार्तिक २०७९
रुसमा गाभिएको युक्रेनका चार क्षेत्रमा सैनिक शासन लागू 
images

रुस । रुसमा गाभिएको युक्रेनका चार वटा क्षेत्रमा सैनिक शासन लागू भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दोनेत्स्क, लुहान्स्क, जापोरिजिया र खेरसनमा सैनिक शासन लागू गर्ने सम्बन्धी आदेश जारी गर्दै सैनिक शासन लागू भएको घोषणा गर्नुभएको हो । ती क्षेत्रमा शान्ति बहाल गर्न र रुसी जनताको संरक्षण गर्न कदम चालिएको उहाँको भनाइ छ ।

पुटिनको उक्त आदेशसँगै ती क्षेत्रमा रहेका रुसी सैनिकलाई थप अधिकार प्राप्त हुनेछ । ती क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्ने अधिकार पनि सैनिकहरूलाई दिइएको छ । साथै राष्ट्रपति पुटिनले गाभिएका क्षेत्रका स्थानीय अधिकारीहरूसँग समन्वय गरी काम गर्न रुसी प्रधानमन्त्री मिखाइल मिसुस्तिनको नेतृत्वमा समन्वय समिति पनि बनाउनु भएको छ ।

पुटिनले जारी गर्नुभएको आदेशमा युक्रेनँंग सीमा जोडिएका क्राइमियालगायत आठ वटा क्षेत्रमा विशेष आर्थिक कार्यक्रम सञ्चालन गर्न पनि आदेश दिइएको छ ।

images
प्रकाशित मिति :कार्तिक ३, २०७९ बिहिवार - ०९:१०:५४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology