Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

इच्छाकामना गाउँपालिकाद्वारा उपभोक्ता समितिहरुलाई अभिमुखिकरण तालिम सुरु, पहिलो दिन वडा नं. ४ का उपभोक्ता समितिलाई तालिम 

इच्छाकामना गाउँपालिकाद्वारा उपभोक्ता समितिहरुलाई अभिमुखिकरण तालिम सुरु, पहिलो दिन वडा नं. ४ का उपभोक्ता समितिलाई तालिम 

images

इच्छाकामना न्युज

२, कार्तिक २०७९
इच्छाकामना गाउँपालिकाद्वारा उपभोक्ता समितिहरुलाई अभिमुखिकरण तालिम सुरु, पहिलो दिन वडा नं. ४ का उपभोक्ता समितिलाई तालिम 
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले उपभोक्ता समिति, निर्माण व्यवसायी र जनप्रतिनिधिहरुलाई अभिुमखिकरण तालिम दिन सुरु गरिएको छ । गाउँपालिकाले मंगलबार वडा नं. ४ का बाट उपभोक्ता समिति, निर्माण व्यवसायी र जनप्रतिनिधिहरुलाई अभिुमखिकरण तालिम दिन सुरु गरेको हो।

विकास निर्माणमा उपभोक्ता र निर्माण व्यवसायीलाई कानुनी प्रकृयामा सहज होस भन्ने उद्देश्यले अभिमुखिकरण दिइएको वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले बताए । उपभोक्ता समिति र निर्माण व्यवसायीहरुले कानुनी प्रकृया थाहा नहुदाँ सास्ती खेप्नु परिरहेको र मापदण्ड अनुसार काम नहुने भएकाले विकास निर्माण कार्यपूर्व नै अभिमुखीकरण तालिम दिइएको उनको भनाई छ ।

307828258_1728660194178165_2138709626848453337_n.jpg

प्राविधिक शाखा प्रमुख, योजना शाखा प्रमुख, लेखा शाखा प्रमुख र इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुषालले तालिममको सहजीकरण गरेका थिए ।

प्रशासकिय अधिकृत भुषालले मापदण्ड अनुसार काम गर्न आग्रह गरे। सबै कागजी कानुनी प्रकृया पुरा गरि मापदण्ड अनुसार काम भए भुक्तानीमा ढिलाई नहुने उनले बताए।

311099202_595280715676656_7073060403378958760_n.jpg

गाउँपालिका उपाध्यक्ष माया सिलवालले विगतमा कानुनी प्रकृया थाहा नहुदाँ मापदण्ड अनुसार काम नहुनुका साथै भुक्तानीमा समस्या हुने हुदाँ उपभोक्ता समिति र निर्माण व्यवासयीहरुले सास्ती बेहोर्नु परेकाले गाउँपालिकाले अभिमुखीकरण तालिम दिइएको बताए। गाउँपालिकाले जनताको सहजताका लागि पहिलो पटक काम हुनुपूर्व नै अभिमुखीकरण तालिमको आयोजना गरिएको बताए । सबै वडामा यो अभिमुखीकरण तालिम आयोजना गरिने उपाध्यक्ष सिलवालले बताए ।

गाउँपालिका उपाध्यक्ष माया सिलवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारी, निर्माण व्यवसायी, वडा नम्बर ४ को जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :कार्तिक २, २०७९ बुधवार - ०८:५६:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology