Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

यसवर्षको दसैँ आजदेखि सकिँदै

यसवर्षको दसैँ आजदेखि सकिँदै

images

इच्छाकामना न्युज

२३, आश्विन २०७९
यसवर्षको दसैँ आजदेखि सकिँदै
images

काठमाण्डौ । यसवर्षको दसैँ आजदेखि सकिँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ।आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर सेलाइन्छ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात दसैँ हिन्दु नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् ।आजको दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बस्नेहरूको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ।

यसैबीच दसैँ मनाउन गृह जिल्ला गएकाहरू फर्कनेक्रम बढेसँगै काठमाडौँमा चहलपहल बढेको छ । दसैँ मनाउन घटस्थापनाको दिनदेखि फूलपातीसम्ममा १७ लाखले काठमाडौँ उपत्यका छाडेका प्रहरीको तथ्याङ्क छ । आजदेखि अधिकांश कार्यालय तथा विद्यालय खुल्ने भएपछि उपत्यका छाडेर गएकाहरू फर्कन थालेका हुन् ।

images
प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - ०९:२६:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology