Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

निर्वाचन

उम्मेद्वारको एजेण्डा हेरेर मतदान गर्ने योजनामा नागरिक

उम्मेद्वारको एजेण्डा हेरेर मतदान गर्ने योजनामा नागरिक

images

सिआईएन

२३, आश्विन २०७९
उम्मेद्वारको एजेण्डा हेरेर मतदान गर्ने योजनामा नागरिक
images

सजना तिमल्सिना, काठमाडौँ । अघिल्ला निर्वाचनको तुलनामा यस पटकको सङ्घीय निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिन चाहनेहरू बढेका छन् । सत्ता पक्ष र प्रतिपक्षी दलका आ–आफ्ना उम्मेद्वार टुङ्गो लाग्दा टिकट नपाएर असन्तुष्ट व्यक्ति पनि बागी उठ्ने तयारीमा छन् ।

यस्तो अवस्थामा कस्ता उम्मेद्वारलाई निर्वाचित गराउने ? मतदाताहरूले भने पार्टी भन्दा व्यक्ति रोज्ने विचार गरेका छन् । दलबाट उम्मेद्वार छनोट भएका अधिकांश दोहोरिएका छन् भने राजनीतिक भागवण्डाका कारण कतिपय नेताहरूले निर्वाचन क्षेत्र फेरबदलसमेत गरेका छन् ।

मतदाताहरू यसअघि ती नेताले निर्वाचन क्षेत्रमा गरेको काम र राष्ट्रिय राजनितिमा खेलेको भूमिकाको मूल्याङ्कन गर्दै मत दिने तयारीमा छन् । तर, कतिपय भने व्यक्तिभन्दा पार्टीकै उम्मेद्वार छान्ने तयारीमा रहेका छन् ।

आफूले पटक–पटक गरेको मतदानकै माध्यमबाट व्यवस्था परिवर्तन भएपनि नागरिकले परिवर्तन महशुस गर्न नपाएको बताउनेहरू पनि उत्तिकै छन् । उनीहरू भने ‘नो भोट’ अर्थात कसैलाई मत दिन्न भन्ने व्यवस्था पनि हुनुपर्ने माग गर्छन् ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट केही स्वतन्त्रहरूले जित निकाले भने कतै पार्टी भन्दा राम्रो व्यक्ति हेरेको पाइयो । राजनीति शास्त्रका प्राध्यापक मनोहर पराजुली नागरिक तहमा राजनीतिक चेतनाको स्तर बढ्दै गएकाले पार्टी भन्दा उम्मेद्वार, उसको इमान्दारीता र उठाएका एजेण्डा हेर्नुपर्ने बताउनुहुन्छ ।

आज मनोनयन दर्ता भएपनि मत दिनको लागि नागरिकसँग अझै ४२ दिन बाँकी छ । यो बीचमा आफ्ना क्षेत्रमा उठेका सबै उम्मेद्वारको एजेण्डा सुनेर, बुझेर योग्य प्रतिनिधि छनोट गर्नमा नागरिकले ध्यान दिनुपर्ने जानकारहरूको सुझाव छ । 

images
प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - ०९:२४:५२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology