Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

म्यानचेस्टर सिटीलाई २ लाख ६० हजार पाउण्ड जरिवाना 

म्यानचेस्टर सिटीलाई २ लाख ६० हजार पाउण्ड जरिवाना 

images

एजेन्सी

२२, आश्विन २०७९
म्यानचेस्टर सिटीलाई २ लाख ६० हजार पाउण्ड जरिवाना 
images

इंग्ल्यान्ड । इंग्ल्यान्ड एफएले म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ । एफएले सिटीलाई २ लाख ६० हजार पाउण्ड जरिवाना गरेको हो । गत सिजन प्रिमियर लिगको उपाधि जितेपछि इतिहाद स्टेडियमको पिच आक्रमण गरेको भन्दै सिटीलाई जरिवाना गरिएको हो ।

गत सिजनको मे महिनामा एस्टन भिल्लालाई ३–२ ले हराएर सिटीले उपाधि जित्दा समर्थकहरू खुसी मनाउन मैदानमा प्रवेश गरेका थिए।समर्थकले एस्टन भिल्लाका किपर रोबिन ओल्सेनलाई आक्रमण गरेका थिए ।

यस्तै गोलपोस्टको क्रसबार भाँचिएको थियो।सिटीले उक्त भीडको व्यवहार नियन्त्रण गर्न असफल भएको स्वीकार गरेको थियो ।

images
प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - ०९:०३:२५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology