Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

वीगर मुस्लिमको स्थितिलाई लिएर चीनविरुद्ध गरिएको प्रस्ताव खारेज

वीगर मुस्लिमको स्थितिलाई लिएर चीनविरुद्ध गरिएको प्रस्ताव खारेज

images

एजेन्सी

२२, आश्विन २०७९
वीगर मुस्लिमको स्थितिलाई लिएर चीनविरुद्ध गरिएको प्रस्ताव खारेज
images

संयुक्त राष्ट्र मानवअधिकार परिषदमा वीगर मुस्लिमको स्थितिलाई लिएर चीनविरुद्ध गरिएको प्रस्ताव खारेज भएको छ । चीनको शिनजियाङ्ग क्षेत्रमा मानवअधिकार उल्लङ्घनमाथि बहसका लागि क्यानडा, अमेरिका र बेलायतसहितका मुलुकले मस्यौदा प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावको पक्षमा पर्याप्त मत नआएपछि खारेज गरिएको हो ।

चीनविरुद्ध आएको प्रस्तावमा ४७ मुलुकमध्ये १७ मुलुकले मात्रै पक्षमा मतदान गरेका थिए भने चीनसहित १९ मुलुकले विपक्षमा मतदान गरेका थिए । विपक्षमा मतदान गर्नेमा नेपालसहित पाकिस्तान, कतार, संयुक्त अरब इमिरेट्स, उजबेकिस्तान र सुडान थिए । ११ मुलुक मतदान प्रक्रियामा सहभागी भएनन् ।  

images
प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - ०९:००:५७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology