Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

इच्छाकामना गाउँपालिकाद्वारा दशैं अघि नै सामाजिक सुरक्षा भत्ता वितरण

इच्छाकामना गाउँपालिकाद्वारा दशैं अघि नै सामाजिक सुरक्षा भत्ता वितरण

images

इच्छाकामना न्युज

१४, आश्विन २०७९
इच्छाकामना गाउँपालिकाद्वारा दशैं अघि नै सामाजिक सुरक्षा भत्ता वितरण
images

कुरिनटार । अधिकांश स्थानीय तहले दशैंमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकिदैन भनिरहेको बेला चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले भने दशैं अधि नै धमाधम वितरण गरेको छ । गाउँपालिकाले मंगलबार बैंकको खातामा रकम पठाएर बुधबारदेखि नै भत्ता वितरण गर्न थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले जानकारी दिए।

गाउँपालिकाले सकेसम्म टोल–टोलबाट र सम्भव नभएका स्थानमा भने वडा कार्यालय र बैंकबाटै भएपनि दशैं विदा सुरु हुनुभन्दा अघि नै वितरण गरिसक्ने गरी भत्ता वितरण थालिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए। अध्यक्ष गुरुङका अनुसार दशैं अघि नै वितरण गरिदिए निम्न वर्गीय नागरिकलाई दशैं मनाउन सहज हुने भएकोले वितरण गरिएको हो।

गाउँपालिकाले ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ।

images
प्रकाशित मिति :आश्विन १४, २०७९ शुक्रवार - ०७:४४:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology