Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

दशैँमा सामाजिक सुरक्षा भत्ता लिएर घर–घरमा पुगे इच्छाकामना ४ का जनप्रतिनिधि, ज्येष्ठ नागरिकहरुमा खुशी

दशैँमा सामाजिक सुरक्षा भत्ता लिएर घर–घरमा पुगे इच्छाकामना ४ का जनप्रतिनिधि, ज्येष्ठ नागरिकहरुमा खुशी

images

इच्छाकामना न्युज

१३, आश्विन २०७९
दशैँमा सामाजिक सुरक्षा भत्ता लिएर घर–घरमा पुगे इच्छाकामना ४ का जनप्रतिनिधि, ज्येष्ठ नागरिकहरुमा खुशी
images

कुरिनटार । नेपालीहरुको सबैभन्दा ठूलो चाड बडा दशैँमा सामाजिक सुरक्षा भत्ता लिएर घर–घरमा जनप्रतिनिधिहरु पुगेपछि इच्छाकामना ४ का ज्येष्ठ नागरिकहरु खुशी भएका छन् । आज वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीको नेतृत्वमा जनप्रतिनिधि, वडा सचिव र बैँकका कर्मचारीहरु विभिन्न टोलटोलमा पुगेर भत्ता वितरण गरेपछि उनीहरु खुशी भएका हुन् ।

भत्ता लिन बैँकसम्म जान आफुहरुलाई गाह्रो हुने र लाइन समेत बस्नु पर्ने समस्याबाट मुक्त भएको भन्दै उनीहरुले खुशी व्यक्त गरेका थिए ।

1664456983308675266_637561671068077_8208.jpg

वडाध्यक्ष रुद्र उप्रेतीले चुनावी वाचा अनुसार टोलटोलमा पुगेर भत्ता वितरण गरिएको बताए । दशैँका बेला भत्ता वितरणले दशैँ मनाउनका लागि सहज समेत हुने अध्यक्ष उप्रेतीको भनाई छ ।

आज स्याक्लाङ, पातिघारी, बाझगाउँ, कमलाबारी, कुरनभित्ता, बेलडाडाँ,सोतागाउँ सम्म पुगेर भत्ता वितरण गरेका थिए ।

बर्षाका कारण अवरुद्ध वडा नम्बर ४ का सबै टोलटोलमा सडक सुचारु
यसैबिच बर्षायाममा पहिरोका कारण अवरुद्ध भएका वडा नम्बर ४ का सबै सडकहरुमा सवारी साधन चल्न थालेका छन् । वडा कार्यालयले दशैँका बेला स्थानियहरुलाई सहज होस् भनि सबै टोलटोलमा पहिरोका कारण अवरुद्ध भएको सडकहरु मर्मत गरि सुचारु गरिएको अध्यक्ष उप्रेतीले बताए । स्थानियलाई गाउँपालिका, वडा कार्यालय र बजार सम्म आउजाउ गर्न सहज भएका छन् ।

images
प्रकाशित मिति :आश्विन १३, २०७९ बिहिवार - १९:३५:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology