Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

चलचित्र ‘मिह्री’को सालैजो गीत ‘भमरा डुल्यो’ सार्वजनिक (भिडियोसहित)

चलचित्र ‘मिह्री’को सालैजो गीत ‘भमरा डुल्यो’ सार्वजनिक (भिडियोसहित)

इच्छाकामना न्युज

१२, आश्विन २०७९
चलचित्र ‘मिह्री’को सालैजो गीत ‘भमरा डुल्यो’ सार्वजनिक (भिडियोसहित)
images

चितवन । मगर संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘मिह्री’ अर्थात् ‘भाग्य’को दोस्रो गीतको भिडियो सार्वजनिक भएको छ। ‘भमरा डुल्यो’ बोलको सालैजो गीत ‘साना कथा’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। 

images
images

गीतको भिडियोमा कलाकारहरू रमेश रानामगर, सनम आलेमगर, ईश्वर रानामगर, स्रष्टी थापामगर, प्रीज्मा आलेमगरलगायतका कलाकारहरूले अभिनय गरेका छन्। मनोज लामा र रेनु तामाङको निर्देशनमा बनेको गीतको भिडियोको छायांकन तथा सम्पादन भने घना गुरूङले गरेका हुन्। 

309108689_3225421741003307_6078727238725985691_n.jpg

सर्जक दिवान किनारको शब्दरसंगीतमा तयार भएको गीतमा पवन रानामगर र देवी घर्तीमगरको आवाज सुन्न सकिन्छ। प्रदर्शनको तयारीमा रहेको चलचित्र अमृता थापा रानामगर, प्रेमकुमारी आलेमगर, तुलमान गुरूङ र देवेन्द्र रानामगरको संयुक्त लगानीमा निर्माण भएको हो। 

रमेश रानामगर, ईश्वर रानामगर, आशिक रानामगर, सनम आलेमगर, प्रीज्मा आलेमगर, बलबिक्रम थापामगर, भीमबहादुर थापामगर, देवी थापामगर, प्रेमकुमारी आलेमगर, मिलन पाटामगरलगायतका कलाकारहरूको यस चलचित्रमा मुख्य अभिनय छ। 

चितवनका सञ्चारकर्मी एवम् पत्रकार रमेश रानामगरको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा घना गुरूङले छायांकन तथा सम्पादन गरेका हुन्। चलचित्रलाई रफ्तार मिडिया प्रालिको ब्यानरमा निर्माण गरिएको हो। चितवनबाट निर्मित मगर संस्कृतिमा आधारित पहिलो चलचित्र हो। यो चलचित्र चितवनका केही स्थानमा प्रदर्शन भइसकेको छ भने केही स्थानमा प्रदर्शन गर्ने तयारीमा रहेको निर्देशक एवम् नायक रमेश रानामगरले जानकारी दिए।

images
प्रकाशित मिति :आश्विन १२, २०७९ बुधवार - २२:११:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology