Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

खेलकुद

कुरिनटारमा विजय दशमी कप फुटबल प्रतियोगिता हुने

कुरिनटारमा विजय दशमी कप फुटबल प्रतियोगिता हुने

images

इच्छाकामना न्युज

१२, आश्विन २०७९
कुरिनटारमा विजय दशमी कप फुटबल प्रतियोगिता हुने
images

कुरिनटार । कुरिनटारमा विजय दशमी कप २०७९ हुने भएको छ । त्रिवेणी युवा क्लब मुग्लिनको आयोजनामा असोज १५ देखि १७ गते सम्म ओपन सेभेन ए साइड नकआउन फुटबल टुर्नामेन्ट हुने भएको हो । 

“राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ इच्छाकामना ४ स्थित सर्वशान्ति मावि खेलकुद मैदान कुरिनटारमा हुने प्रतियोगिताका विजेता टिमले रु ४० हजार नगद सहित मेडल ट्रफी र प्रमाणपत्र तथा द्धितिय हुने टिमले नगद रु २० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक मनिष गुरुङले जानकारी दिनुभयो ।

साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई मेडल,ट्रफी र प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले बताउनुभयो ।

images
प्रकाशित मिति :आश्विन १२, २०७९ बुधवार - ०७:५८:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology