Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

इच्छाकामनाको भालुमारामा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङद्वारा लाईट हाउस उद्घाटन

इच्छाकामनाको भालुमारामा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङद्वारा लाईट हाउस उद्घाटन

images

इच्छाकामना न्युज

११, आश्विन २०७९
इच्छाकामनाको भालुमारामा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङद्वारा लाईट हाउस उद्घाटन
images

चितवन । इच्छाकामना गाउँपालिका -७, भालुमारा, सङमटोलमा आज एक कार्यक्रमका बिच लाईट हाउस उद्घाटन गरिएको छ । सो हाउसको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्धघाटन गर्नुभएको थियो । सो भवन सेवा अहिले नेपाल, काठमाडौंको सहयोगमा निर्माण सम्पन्न भएको थियो ।

भवनमा स्थानिय विद्यार्थीहरुले बिधालय समय अगाडि र पछाडि अध्ययन गर्न सक्नेछन । सो भवनमा बिधालय जान नपाएका र जान नसक्नेहरुका लागि पनि निशुल्क पढाउने ब्यबस्था मिलाईएको छ । विभिन्न सिपमुलक तालीम तथा कार्यक्रम गर्न समेत सो भवन प्रयोग गर्न सकिने  सेवा अहिले नेपालका चितवन प्रतिनिधि ईश्वरकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

309050525_2801697416631950_7041294510129997376_n.jpg

सो कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ, बिशिस्ट अतिथी इच्छाकामना गाउँपालिका -७ का वडा अध्यक्ष बमबहादुर थापामगर, देउराली राष्ट्रिय आधारभुत बिधालयका अध्यक्ष बोधबहादुर गोले लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम सस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालको अध्यक्षतामा भएको थियो ।

सस्थाले इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा निशुल्क सिलाई कटाई तालिम, छात्रवृत्ति, बिधालयका विद्यार्थी हरुलाई स्टेशनरी, जाडोका कपडा, झोला, खाद्य सामाग्री लगायतका सहयोग समेत गर्दै आएको छ ।

images
प्रकाशित मिति :आश्विन ११, २०७९ मंगलवार - २२:३७:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology