कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले २४ घण्टा भित्र राजमार्गमा राखिएका होर्डिङ बोर्डहरु नहटाए गाउँपालिका आफैले हटाउने भएको छ।
होर्डिङ बोर्ड हटाउनका लागि एक हप्ताको म्याद दिई सूचना जारी गर्दा पनि अटेरी गरेकोले भोलि देखि गाउँपालिकाले मौवाखोलादेखी रिग्दिखोलासम्मको भु-भागमा विभिन्न कम्पनीले राखेको होर्डिङ बोर्डहरु हटाउन सुरु गर्ने गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए।