Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिएपछि स्थानीय सरकारलाई सङ्घको परिपत्र 

प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिएपछि स्थानीय सरकारलाई सङ्घको परिपत्र 

images

सिआईएन

९, आश्विन २०७९
प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिएपछि स्थानीय सरकारलाई सङ्घको परिपत्र 
images

काठमाण्डौ । स्थानीय तहमा आएका नयाँ जनप्रतिनिधिले खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिएको भन्दै सङ्घीय मामिला ताथ सामान्य प्रशासन मन्त्रालयले हाजिर गर्ने वातावरण मिलाउन निर्देशन दिएको छ । ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाउँदा कर्मचारी व्यवस्थापनमा गम्भीर समस्या सिर्जना हुने  अवस्था आएको बताएको छ ।

सीआईएनसँग कुराकानी गर्दै मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख, सहसचिव रघुराम बिष्टले नयाँ जनप्रतिनिधिले आफू अनुकूलका प्रमुख प्रशासकीय अधिकृत राख्न खोज्दा खटाइएका कर्मचारीले हाजिर गर्न नपाएको बताउनुभयो ।

उहाँका अनुसार बितेको डेढ महिनामा १५ जनाभन्दा धेरै प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयले पठाएको थियो । तर, उनीहरूलाई स्थानीय तहले फिर्ता पठाइदिएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्य प्रचलित कानुनले निर्दिष्ट गरेको सहकारीता, समन्वय र सहअस्तित्वको सिद्धान्तको मर्मलाई कार्यान्वयन गर्न पनि स्थानीय तहहरूलाई भनेको छ । 

images
प्रकाशित मिति :आश्विन ९, २०७९ आइतवार - ०९:०८:०९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology