Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

डेङ्गी नियन्त्रण

डेङ्गी नियन्त्रणका लागि सरकारले सरोकारवाला निकायसँग छलफल गर्ने 

डेङ्गी नियन्त्रणका लागि सरकारले सरोकारवाला निकायसँग छलफल गर्ने 

सिआईएन

९, आश्विन २०७९
डेङ्गी नियन्त्रणका लागि सरकारले सरोकारवाला निकायसँग छलफल गर्ने 
images

काठमाण्डौ । स्थानीय तहहरूको समन्वयमा डेङ्गी सङ्क्रमण रोक्न गरिएको प्रयास प्रभावकारी नभएपछि सरकारले कसरी अघि बढ्ने भन्ने बारेमा सरोकारवाला निकायसँग छलफल गर्ने भएको छ ।

images
images

करिब १ साताअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी नियन्त्रणका लागि आवश्यक समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको थियो । तर त्यसअनुसारको नतिजा नआएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले सीआईएनसँग बताउनुभयो ।

हालसम्म नेपालमा डेङ्गीका कारण मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । देशका ७६ जिल्लामा फैलिएको डेङ्गीबाट २२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । सीआईएनसँग कुरा गर्दै एकजना जनस्वास्थ्यविज्ञ डा. खेम कार्कीले ‘खोज र नष्ट गर’ अभियान प्रभावकारी नभएका कारण डेङ्गी हिमाल, पहाड र तराइमा फैलिएको बताउनुभयो ।

डेङ्गी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यसबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन, झुल भित्र सुत्न तथा घर वरिपरि सरसफाइ गर्न, पानी जम्ने खाल्डाखुल्डी पुर्न चिकित्सकले सुझाव दिने गरेका छन् । नेपालमा पहिलो पटक २०६१ सालमा डेङ्गी देखिएको थियो । 

images
प्रकाशित मिति :आश्विन ९, २०७९ आइतवार - ०९:०४:४४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology