Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चिस्यान केन्द्र

चिस्यान केन्द्र बनेपछि किसानलाई सहज 

चिस्यान केन्द्र बनेपछि किसानलाई सहज 

images

सिआईएन

८, आश्विन २०७९
चिस्यान केन्द्र बनेपछि किसानलाई सहज 
images

सजना तिमल्सिना, काठमाडौँ । पछिल्लो समय कोल्ड स्टोर अर्थात् चिस्यान केन्द्र निर्माणको क्रम बढेको छ । हाल देशभर साना–ठूला गरी ५० वटा चिस्यान केन्द्र छन् । तर, ती कुनै पनि पूर्ण क्षमतामा सञ्चालनमा छैनन् । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार देशभरका ४० वटा चिस्यान केन्द्रले सरकारबाट विद्युत महशुलमा ५० प्रतिशत छुट लिईरहेका छन् ।

आफ्नो ठाउँमा चिस्यान  केन्द्र बनेपछि स्थानीय किसान पनि उत्साही छन् । देश सङ्घीयतामा जानु अघि २०७४ सालसम्ममा तत्कालिन कृषि निर्देशनालयले २४ वटा चिस्यान केन्द्र निर्माणको लागि सिफारिस गरेको थियो । अहिले भने देशभर ४० वटा चिस्यान केन्द्रलाई सरकारले विद्युत महशुलमा ५० प्रतिशत छुट दिइरहेको छ । जिल्लामा उत्पादन भएका बाली, पशुजन्य पदार्थ, माछा, तरकारी, फलफूल आदि भण्डारणको लागि चिस्यान केन्द्र गृह निर्माण गरिएको हो ।

कृषि विज्ञ घनश्याम भण्डारी, सरकारले किसानलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्न र अरु देशबाट विउ आयात गर्नुपर्ने अवस्था हटाउन पनि शीत भण्डार निर्माण गर्नुपर्नेमा जोड दिनुहुन्छ । तर, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले आ.व. २०७८÷७९ मा देशैभरिका शीत भण्डारबारे गरेको अध्ययनले शीत भण्डारमा राख्ने कृषिजन्य वस्तुको कमी रहेको औँल्याएको छ ।चिस्यान केन्द्र निर्माणसँगै कृषिजन्य उत्पादन वृद्धिमा पनि जोड दिनुपर्ने विज्ञहरू बताउँछन् । 

images
प्रकाशित मिति :आश्विन ८, २०७९ शनिवार - ०९:१०:३३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology