कुरिनटार । नेकपा माओवादी केन्द्र इच्छाकामनाका अध्यक्ष हरि बहादुर थापाको निलम्बन फुकुवा भएको छ । स्थानिय तहको निर्वाचनमा पार्टीको निति विरुद्ध गतिविधी (अन्तरघात) गरेको भन्दै बागमती प्रदेश कमिटीले निलम्बन गरेका थिए ।
अनुशासन उलंघन एंव अन्तरघात छानबिन कार्यदलको रिर्पोट अनुसार इच्छाकामना गाउँपालिकाका पार्टी अध्यक्ष हरि थापाको प्राप्त लिखित स्पष्टिकरणको आधारमा निलम्बन फुकुवा गर्ने निर्णय भएको जनाएको छ ।
यसैबिच जिल्ला सचिव द्रोण सिवाकोटीले निलम्बन फुकुवा भएको सर्कुलर आएको बताउनुभयो ।
