Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

योगदानकर्ताका श्रीमान–श्रीमतीले पनि औषधि उपचार सुविधा पाउने 

योगदानकर्ताका श्रीमान–श्रीमतीले पनि औषधि उपचार सुविधा पाउने 

images

इच्छाकामना न्युज

७, आश्विन २०७९
योगदानकर्ताका श्रीमान–श्रीमतीले पनि औषधि उपचार सुविधा पाउने 
images

काठमाण्डौ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताले प्राप्त गर्दै आइरहेको औषधि उपचार सुविधा निजको श्रीमान–श्रीमती समेतले पाउने भएका छन् ।सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ (तेस्रो संसोधन) ले यो व्यवस्था गरेको हो ।

अस्ति बुधबार स्वीकृत भएको संशोधित कार्यविधि ९१औँ दिनदेखि लागु हुने कोषका प्रवक्ता विवेक पन्थीले सीआईएनसँग बताउनुभयो ।

घातक रोगको औषधि उपचार सुरक्षा योजना अन्तर्गत कोषमा कम्तीमा दुई वर्ष योगदान गर्ने योगदानकर्ताको सेवा आवधिभर दस लाखसम्मको उपाचार खर्च समेत कोषले व्यहोर्ने व्यवस्था गरिएको छ ।

घातक रोगको औषधि उपचार सुविधा कोषमा कुनै योगदानकर्ताले योगदान गर्न छाडेको दुई वर्षसम्म लागु रहने व्यवस्था गरिएको छ । योगदानकर्ता सन्तती छात्रवृत्ति सञ्चालन कार्यविधि २०७९ पनि स्वीकृत भएको छ। 

images
प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - ०९:००:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology