उत्तर कोरिया । उत्तर कोरियाले रुसलाई कहिल्यै हतियार नबेचेको स्पष्ट पारेको छ । रुसले उत्तर कोरियाबाट रकेट र आर्टिलरी गोला खरिद गर्ने प्रक्रियामा रहेको अमेरिकी अधिकारीहरूले दाबी गरेपछि उत्तर कोरियाको यस्तो प्रतिकृया आएको हो ।
आज उत्तर कोरियाको रक्षा मन्त्रालयका एक अधिकारीले सरकारी टेलिभिजन च्यानल मार्फत रुससँग हालसम्म हतियारको कारोवार नभएको बताएका छन् । उनले अमेरिकाले आफ्नो सैन्य उद्देश्य पुरा गर्न अनावश्यक अफवाहहरू फैलाएको उनको आरोप छ ।