Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाट

देवघाट स्थित बेणी संगम जाने बाटो पहिरोका कारण बन्द, गलेश्वर आश्रम समेत उच्च जोखिममा

देवघाट स्थित बेणी संगम जाने बाटो पहिरोका कारण बन्द, गलेश्वर आश्रम समेत उच्च जोखिममा

images

इच्छाकामना न्युज

६, आश्विन २०७९
देवघाट स्थित बेणी संगम जाने बाटो पहिरोका कारण बन्द, गलेश्वर आश्रम समेत उच्च जोखिममा
images

देवघाट । हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण धार्मिक तीर्थस्थल देवघाटधाम पहिरोको जोखिममा परेको छ । देवघाटको बेणी संगमस्थल नजिक त्रिशूली नदीतर्फ सुख्खा पहिरो जान थालेपछि देवघाटधाम जोखिममा परेको हो ।

विनाशकारी भूकम्प पश्चात पहिरो जान सुरु भएको देवघाटधाममा पटक पटक पहिरो खस्दै आएको छ । देवघाटको वेणी संगम नजिकै त्रिशूली नदीतर्फको भागबाट सुख्खा पहिरो जान थालेपछि यहाँ १० रोपनीभन्दा बढी जमिन तथा आठ वटा कुटीमा पूर्णक्षति पुगिसकेको छ । पुनः आज बिहान गएको सुख्खा पहिरोका कारण वेणी संगममा स्नान गर्न जाने पदमार्ग नै बन्द भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

‘सुख्खा माटो निरन्तर खसिरहेको छ,उहाँले भन्नुभयो’,मानविय दुर्घटना हुनसक्ने जोखिमले क्षेत्र विकास समितिले बाटो बन्द भएको बोर्ड नै टाँसेको छ ।’

देवघाट वेणीमा स्नानका लागि जान क्षेत्र विकास समिति र स्थानीय सरकारले निर्माण गरेको रेलिङ सहितको पक्की संरचना नै पहिरोले भत्काएर त्रिशूलीमा पु¥याएको अधिकारीले बताउनुभयो ।

सोह्र श्राद्धको समयमा देवघाटमा श्राद्ध गर्न आउने भक्तजनहरुलाई समस्या भएको उहाँले बताउनुभयो । उहाँले पहिरो ठूलो खसेको र यसको दिर्घकालिन समस्या समाधान गर्नुपर्ने भएकाले प्रदेश र केन्द्र सरकारसंग बजेटका लागि आग्रह गरिएको बताउनुभयो ।

त्रिशूली नदीको किनारमा चट्टानी ढुंगा भए पनि माथिल्लो तहमा बलौटे माटो हुँदा यहाँ पटक पटक पहिरो जान थालेको देवघाट गाँउपालिका वडा नम्वर ५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले बताउनुभयो । यो बाटो हुँदै दैनिक सयौं तिर्थयात्री वेणिसंगम जाने गरेकोमा अव व्यवस्थित मर्मत नगरेसम्म सूचारु गर्न नसकिने उहाँको भनाई छ । देवघाटमा रहेको गलेश्वर आश्रम सहित यहाँको पुरातात्विक स्थल संरक्षणमा सबैको साथ आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रसिद्ध धार्मिक क्षेत्र नै खतरामा पर्न थालेपछि स्थानीयवासी चिन्तित बन्दै गएका छन् । देवघाटधाम नै संकटमा पर्ने अवस्था आइसक्दा समेत कसैको चासो नपुग्दा स्थानीय रुष्ट छन् । पहिरो नियन्त्रणका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश तथा संघीय सांसद र नेताहरुलाई अनुरोध गर्दा पनि उनीहरुले कुनै चासो नदिएको गलेश्वर आश्रमका पीठाधीश्वर अनन्तश्रीविभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी  महाराजले बताउनुभयो ।

‘आश्रमको कम्पाउण्डसम्मै पहिरो आइसक्यो,उहाँले भन्नुभयो’, रातमा ठूलो पानी आउँदा हामीलाई पनि निन्द्रा नलाग्ने भइसक्यो ।’ देवघाटधामको इतिहाँस बोकेको गलेश्वर आश्रमको संरक्षणमा राज्यले चासो नदिएको उहाँको गुनासो छ । पाँचबर्ष अघि लखौं खर्च गरेर डिपिआर निर्माण गरिएको भएपनि कुनैपनि सरकारले बजेट विनियोजन नगरेको पीठाधीश ज्ञानानन्द सरस्वतीजीले बताउनुभयो ।

images
प्रकाशित मिति :आश्विन ६, २०७९ बिहिवार - १९:४६:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology