Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

अपराध

२२ किलो गाँजा सहित इच्छाकामनाका १ र आँबुखैरेनीका २ गरि ३ जना पक्राउ

२२ किलो गाँजा सहित इच्छाकामनाका १ र आँबुखैरेनीका २ गरि ३ जना पक्राउ

images

इच्छाकामना न्युज

५, आश्विन २०७९
२२ किलो गाँजा सहित इच्छाकामनाका १ र आँबुखैरेनीका २ गरि ३ जना पक्राउ
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ स्थित बेनिटारबाट २२ किलो अवैध लागुऔषध गाजा सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन इच्छाकामनाका १ जना र तनहुँ आँबुखैरेनीका २ जना रहेका छन्।

आज बिहान करिब ६ः२० बजेको समयमा अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले बेनिटारमा चेकजाँच गर्ने क्रममा काकडभिट्टाबाट पोखरा तर्फ जान आउदै गरेको मे १ ख ३१९५ नं. को बसको सिटमुनी लुकाई छिपाई ल्याएको २२ किलो १ सय ८५ ग्राम गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा तनहुँ आँबुखैरेनी गाउँपालिका ४ बस्ने ३५ वर्षकी जगमाया गुरुङ, सोही स्थानकी १९ वर्षीया सुस्मिता गुरुङ र चितवन इच्छाकामना गाउँपालिका ५ बस्ने वर्ष २९ को अतित गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेकाहरुलाई सम्मानित अदालतबाट ४ दिनको म्याद थप गरि अनुसन्धानका लागि हिरासतमा राखिएको छ । 

images
प्रकाशित मिति :आश्विन ५, २०७९ बुधवार - २०:५०:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology