Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

मनकामना मन्दिर

मनकामना मन्दिरमा भारतीय भक्तजनको लर्को, एकैदिन १४ सय आईपुगे

मनकामना मन्दिरमा भारतीय भक्तजनको लर्को, एकैदिन १४ सय आईपुगे

images

इच्छाकामना न्युज

४, आश्विन २०७९
मनकामना मन्दिरमा भारतीय भक्तजनको लर्को, एकैदिन १४ सय आईपुगे
images

मनकामना । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा आईतबार एकैदिन करिब १४ सय भारतीय भक्तजन पुगेका छन् । मनकामना केबलकार भएर उनीहरु मनकामना मन्दिरको दर्शन गर्न गोरखा आएका हुन् ।

‘यो सिजनमा भारतीय भक्तजन धेरै नै आउनुहुन्छ, आईतवार अन्य दिन भन्दा धेरै देखिएको छ’, मनकामना केबलकारका स्टेशन म्यानेजर उज्वल शेरचनले भने, ‘आईतवार करिब एक हजार चार सय जना भारतीय भक्तजन केबलकार भएर मनकामना पुगेका छन् ।’

मर्मतका क्रममा करिब एक महिना बन्द रहेको मनकामना केबलकार भदौ २५ गतेदेखि संचालनमा आएको हो । अहिले दैनिक एक हजार भारतीय भक्तजन आउने गरेका छन् । सोह«श्राद्ध सुरु भएकाले मनकामना मन्दिर जाने नेपाली भक्तजन भने कम छन् । ‘अहिले दैनिक एक हजार भारतीय भक्तजन आएका छन् आईतवार अन्य दिन भन्दा धेरै भए’, स्टेशन म्यानेजर शेरचनले भने ।

भारतको बिभिन्न ठाउँमा मनकामनामा दर्शन गर्न भक्तजन आएका छन् । मनकामना मन्दिरमा वार्षिक आउने भक्तजन मध्ये करिब २० प्रतिशत भारतीय हुने गरेको केबलकारको तथ्याङ्क छ । मनकामनाप्रति आस्था र विश्वास धेरै भएको, भारतमा पनि मनकामनाको महत्वका बारेमा चर्चा हुने गरेकाले मनकामना मन्दिर दर्शन गर्न आउनेको संख्या हरेक वर्ष बढ्दो छ ।

नौरथा सुरु भएसँगै नेपाली भक्तजनको चाप पनि बढ्ने मनकामना दर्शन प्रालिले जनाएको छ । बिजया दशमीको समयमा तीनदिन मात्रै मनकामना केबलकार बन्द हुने दर्शन प्रालिले जनाएको छ । दरौदी दैनिकबाट

images
प्रकाशित मिति :आश्विन ४, २०७९ मंगलवार - १९:३९:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology