कुरिनटार । संविधान दिवसको अवसरमा चितवनको इच्छाकामना गाउँपालिकामा दीपप्रज्वलन गरिएको छ । दिवसको अवसरमा सोमबार साँझ ७ बजेतिर गाउँपालिकाको कार्यालय प्राङ्गणमा दीपप्रज्वलन गरिएको हो।
संविधान निर्माण भएको दिनलाई उल्लासमय तरिकारले मनाउने निर्णय भएबमोजिम दिप प्रज्वलन गरि मनाईएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए।
दीपप्रज्वलन कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।