Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

संविधान दिवसमा धादिङको बेनिघाट रोराङ गाउँपालिकाद्वारा शहिद परिवार र उत्कृष्ट कर्मचारीलाई सम्मान

संविधान दिवसमा धादिङको बेनिघाट रोराङ गाउँपालिकाद्वारा शहिद परिवार र उत्कृष्ट कर्मचारीलाई सम्मान

इच्छाकामना न्युज

४, आश्विन २०७९
संविधान दिवसमा धादिङको बेनिघाट रोराङ गाउँपालिकाद्वारा शहिद परिवार र उत्कृष्ट कर्मचारीलाई सम्मान
images

विशालटार । बेनिघाट रोराङ गाउँपालिकाले संविधान दिवसको अवसरमा सहिद परिवारलाई सम्मान गरेका छन् । गाउँपालिकाको आयोजनामा संविधान दिवसको अवसरमा सहिद परिवारलाई ३ हजार नगद सहित सम्मान गरेका हुन् । साथै ६ जना उत्कृष्ठ कर्मचारीहरुलाई पुरस्कृत पनि गरिएको थियो । कार्यक्रमको अवसरमा गाउँपालिका कार्यालयबाट चन्द्रोदय माध्यमिक विद्यालय प्राङ्गणसम्म प्रभातफेरी समेत गरिएको थियो । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष तथा पुर्व सभामुख कृष्ण वहादुर महराको प्रमुख आतिथ्यतामा चन्द्रोदय माध्यमिक (नमुना) सामुदायिक विद्यालय विशालटारमा सम्पन्न कार्यक्रममा, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश सहसचिव विजय वुर्लाकोटी, धादिङको अध्यक्ष मनराज भण्डारी , विभिन्न राजनितिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरु, कर्मचारी, जनप्रतिनिधिहरुको सहभागिता रहेका थिए ।

images
images

प्रमुख अतिथि पूर्व सभामुख महराले नेपालको संविधान दक्षिण एसियाकै उत्कृष्ठ संविधान रहेको नेकपा९माओवादी केन्द्र० का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्ण बहादुर महराले बताउनुभयो । गणतन्त्र, संघीयता, समावेशी समानुपातिक सहभागिता नै अहिलेको संविधानको मूल विशेषता रहेको बताउनुभयो । यस्तैै महराले निरंकुश सत्ताको अन्त्यको निमित्त १० वर्षे जनयुद्ध भएको र त्यसकै फलस्वरुप देशमा आमूल परिवर्तन आएको बताउनुभयो । गाउँपालिका अध्यक्ष विवेकले दश बर्ष जनयुद्धकै कारण पछाडी पारिएका दलित जनजाती समुदाय र महिलाहरुको अधिकार सुनिश्चत भएको बताउनुभयो । माओवादी केन्द्रकै कारण महिला राष्ट्रपति समेत बनीसकेको बताउनुभयो ।

हरेक वडामा दुई जना महिला उम्मेद्वार र एक जना दलित महिला अनिवार्य उम्मेद्वार बन्नु पर्ने व्यवस्था माअ‍ोवादीले लडेर ल्याएको भन्दै अध्यक्ष विवेकले यो समाज परिवर्तनको पहिलो हिस्सा माओवदी कै भएको जिकिर गर्नुभयो ।

कार्यक्रमको अवसरमा गाउँपालिका कार्यालयबाट चन्द्रोदय माध्यमिक विद्यालय प्राङ्गणसम्म प्रभातफेरी समेत गरिएको थियो । बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकको सभापत्तिमा कार्यक्रम सम्पन्न भएको हो ।

images
प्रकाशित मिति :आश्विन ४, २०७९ मंगलवार - ११:११:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology