Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमूस्यो ह्युल छोंज धींको चौथो राष्ट्रिय महाधिवेशन असोज ७ र ८ गते काठमाण्डौमा हुने

तमूस्यो ह्युल छोंज धींको चौथो राष्ट्रिय महाधिवेशन असोज ७ र ८ गते काठमाण्डौमा हुने

इच्छाकामना न्युज

२, आश्विन २०७९
तमूस्यो ह्युल छोंज धींको चौथो राष्ट्रिय महाधिवेशन असोज ७ र ८ गते काठमाण्डौमा हुने
images

काठमाण्डौ । गुरुङ महिलाहरुको साझा संस्था तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन काठमाण्डौमा हुने भएको छ । परिषद्ले आज काठमाण्डौ पत्रकार सम्मेलनको आयोजना गरि महाधिवेशन हुने बारे जानकारी दिएको हो।

images
images

महाधिवेशन यहि असोज ७ र ८ गते दुई दिन काठमाण्डौमा हुनेछ। 

महाधिवेशनको उद्घाटन सत्र असोज ७ गते वि.जी मल नजिककै रहेको बि.जी. व्यङ्क्विट हुनेछ भने बन्दसत्र तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय कार्यालय मित्रनगरमा असोज ८ गते हुनेछ। 

महाधिवेशनमा ४४ जिल्ला, ७ प्रदेश ३९ वटा संस्थागत गरि झण्डै २५० प्रतिनिधिका साथै उतिनै संख्यामा प्रतिनिधिहरु सहभागी हुने महाधिवेशन मूल आयोजक समितिका संयोजक एवं परिषद्का कार्यवाहक अध्यक्ष टिचन तमूस्योले बताए। 

यस्तै महाधिवेशनको ९० प्रतिशत तयारी पूरा भएको पनि उनले बताए।

 

प्रेस वक्तव्य

तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद

चौथो राष्ट्रिय महाधिवेशन    
२०७९ असोज ७ र ८ गते 
मित्रनगर, काठमाडौं

आदरणीय पत्रकार मित्रहरू,
“प्ये म्हस्या छ्या म्हमु ! छ्या म्हस्या ल्हु म्हमु !! ल्हु म्हस्या म्ह्ी म्हमु !!! (शास्त्र हराए संस्कृति हराउँछ ! संस्कृति हराए परम्परा हराउँछ !! परम्परा हराए मानव जातिको अस्तित्व नै हराउँछ !!!)” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै तमू/तमूस्यो जातिको भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्न साथै आफ्नो समुदायको हक, हित र अधिकार तथा तमू महिलाको लैङ्गिक अधिकार सुनिश्चित गर्नका लागि तमू महिलाहरू तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद नामक विशुद्ध जातीय सामाजिक संगठनमा क्रियाशील रहेको व्यहोरा सगौरव जानकारी गराउन चाहन्छु ।

आदिमकाल देखि नै मुख्य गरी पश्चिममा कालीगण्डकी र पूर्वमा बुढीगण्डकी नदीको सीमा भित्र अन्नपूर्ण हिमालको काखमा बसोबास गर्दै आएका हामी तमू/तमूस्योहरू आज देशभर मात्र नभई संसारभर नै फैलिने क्रम जारी नै छ । आफ्नो छुट्टै भाषा, लिपि, धर्म, संस्कार, संस्कृति साथै मुल्य र मान्यताहरू रहेको यस समुदायका अग्रजहरु एवम् मातृ संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको सहजीकरणमा वि.सं. २०६७ सालमा यस संस्था तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषदको स्थापना भएको अवगत गराउन चाहन्छु 

तमूहरुको हक, हित, अधिकार र पहिचानको लागि तमू महिलाहरुको एकता, राज्यको हरेक निकायमा समावेशी प्रतिनिधित्वको सुनिश्चितता भन्ने मूल नाराका साथ यही मिति २०७९ असोज ७ र ८ गते काठमाण्डौमा भव्यताका साथ सु–सम्पन्न हुन गइरहेको व्यहोरा अवगत गराउदै पत्रकारज्यूहरु मार्फत आम तमू/तमूस्यो आम नागरिकहरुलाई सुसुचित गर्न गराउनका लागि यस पत्रकार सम्मेलन आयोजना गरिएको सविनय अनुरोध गरिन्छ । 

आदरणीय पत्रकार महानुभावहरू,

मुख्य गरी आफ्नो भाषा, लिपि, धर्म, संस्कार, संस्कृति र परम्परा हामी सबैलाई प्यारो लाग्छ । नेपालका आदिवासी जनजातिहरूमध्येको एक जाति तमू÷तमूस्यो (गुरुङ)हरूको आफ्नै  मौलिक संस्कार, संस्कृति र परम्पराहरू छन्, जुन आजसम्म जिवित छ । आज वैज्ञानिक युगका कारण संसारभरी फैलिदै जहाँ आफ्ना संस्कार, संस्कृति हराउन र लोप हुने सम्भावनालाई मध्य नजर गर्दै वर्तमान अवस्था देखि नै हाम्रो संस्कार, संस्कृतिलाई आउने पुूस्तामा पुस्तान्तरण गर्दै जानु पर्छ भन्ने मूल उद्धेश्यका साथ यसको संरक्षण र संवद्र्धन गर्नका लागि तमू महिलाहरुको महत्वपूर्ण र हाम्रो समुदायको संरचना तहमा तमू महिलाको विशिष्ट भूमिका रहेकोले सामाजिक सांगठनिक अभियानको नेतृत्वमा तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषदले नेतृत्व गरिरहेको छ । 

यसै परिपेक्ष्यमा हाम्रो संस्थाको चौथो महाधिवेशनमा देशभरबाट ७ वटै प्रदेशबाट ४/४ जना प्रतिनिधि १/१ जना पर्यवेक्षक, ४४ जिल्लाबाट ४/४ जना प्रतिनिधि १/१ जना पर्यवेक्षक र विधानको अनुसची ७ अन्तरगतका ३९ वटा संघ–संस्थाबाट १/१ जना प्रतिनिधि १/१ जना पर्यवेक्षक सहित सहभागी हुनेछन् । जसमा प्रमुख अतिथि, विशेष अतिथिज्यूहरु लगायत सहभागी हुनेछन् । साथै उक्त चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नका लागि यस संस्थाका कार्यवाहक अध्यक्ष टिचन तमूस्योको संयोजकत्वमा १२९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ । त्यस्तै विभिन्न २५ सदस्यीय उपसमितिहरु गठन गरी सक्रिय रुपमा लागिरहेको छ भने करिब ९० प्रतिशत तयारी व्यवस्थापन सम्पन्न भएको छ । 
यसरी नै महाधिवेशन सु–सम्पन्न गर्न तपाई पत्रकार मित्रहरु संलग्न रहनुभएको विभिन्न सञ्चार माध्यम मार्फत व्यापक प्रचार—प्रसार गरिदिनु भई सम्पूर्ण शुभचिन्तक न्यायप्रेमी महानुभावहरुमा सुसुचित गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । 

कार्यक्रम :
समुद्घाटन समारोह: २०७९ असोज ७ गते शुक्रबार
       स्थान: वि.जी व्यङ्क्विट वि.जी मल नजिकै काठमाण्डौ    
       समय: बिहान १०ः३० बजेदेखि ३ः३० बजेसम्म

बन्दसत्र: २०७९ असोज ८ गते शनिबार
       समय: बिहान ९ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म
स्थान: यस संस्थाको केन्द्रीय कार्यालय, मित्रनगर, काठमाण्डौं

      मिति: २०७९ असोज २ गते आइतबार


                                                                     टिचन गुरुङ
                                                                   कार्यवाहक अध्यक्ष

images
प्रकाशित मिति :आश्विन २, २०७९ आइतवार - २२:४०:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology