मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ मुग्लिन बजारमा रहेको एक होटलबाट २ बाल मजदुरको उद्दार गरिएको छ । घरबाट भागेर आई मुग्लिनको होटलमा १ महिनादेखि बाल मजदुरको रुपमा काम गरिरहेका १८ वर्ष मुनिका उनीहरुलाई इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवाल सहित इलाका प्रहरी कार्यालय मुग्लिनको प्रहरी टोलीले आज होटलबाट उद्दार गरिएको हो।

होटलबाट उद्दार गरिएको दुवै बालकलाई अभिभावक बोलाई जिम्मा लगाईएको गाउँपालिका उपाध्यक्ष माया सिलवालले जानकारी दिए। कानुन अनुसार १८ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई कुनैपनि काममा लगाउनु दण्डनिय भएकोले यस्तो नगर्न उनले आग्रह गरेका छन्।