कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्र रहेका विभिन्न रुपले शारिरिक अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री वितरण गरेको छ । गाउँपालिकाले आज कुरिनटारमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका उपाध्यक्ष माया सिलवालले उनीहरुलाई सहायता सामाग्री वितरण गरेको हो।
सहायता सामाग्री वितरण गर्दै शारिरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुको दैनिक जीवनयापनलाई सहजता दिलाउनका लागि सहायता सामाग्री वितरण गरेको गाउँपालिका उपाध्यक्ष सिलवालले बताए। ‘पहिलो चरणमा करिब ५ लाख रुपैयाँको सहायता सामाग्री खरिद गरेर वितरण गरेका छौं’ उनले भने ‘आवश्यकता परे थप बजेटको व्यवस्था गरेर गाउँपालिका भित्रका सबै अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहायता सामाग्री वितरण गर्नेछौं’ ।
गाउँपालिकाले शुक्रबार मात्रै १५ जना विभिन्न शारिरिक अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री वितरण गरेको छ। जसमा कोमोड ट्वाइलेट कुर्ची, वैशाखी, इलेक्ट्रिक म्याट, ह्वील चेयर लगायतका सामाग्रीहरु रहेको गाउँपालिकाले जानकारी दिएको छ ।