Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आत्महत्या

मुग्लिनको पुरानो पुलबाट त्रिशुलीमा हाम फालेर एक युवक वेपत्ता

मुग्लिनको पुरानो पुलबाट त्रिशुलीमा हाम फालेर एक युवक वेपत्ता

images

इच्छाकामना न्युज

३१, भाद्र २०७९
मुग्लिनको पुरानो पुलबाट त्रिशुलीमा हाम फालेर एक युवक वेपत्ता
images

विनोद श्रेष्ठ, मुग्लिन । चितवनको मुग्लिन पुलबाट हाम फालेर एक युवा वेपत्ता भएका छन् । आज (शुक्रबार) साँझ ५ः३० बजेको समयमा एक युवाले हाम फालेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । बागमती प्रदेश ०२–०३१ प ५२५४ नम्बरको मोटरसाइकलमा आएका युवाले झोला मोटरसाइकल माथि राखेर पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन् । झोलामा फेला परेको लाइसेन्सका आधारमा युवा दोलखा जिल्ला गैरिमुडी ९ का निराजन घिमिरे रहेको प्रहरीले जनाएको छ । वेपत्ता युवाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । यसअघि हिजो (बिहिबार) मात्रै नारायणी पुलबाट नदीमा हाम फालेर कालिका नगरपालिका–७ जुटपानी बस्ने वर्ष ३२ को अनुप पोख्रेल वेपत्ता भएका थिए । उनि अझैसम्म फेला परेका छैनन् । बिहीबार बेलुका करिब ७ बजेको समयमा पोख्रेलले पुलमा प्रदेश ३–०२–००२ प ९१३६ नम्बरको सिल्बर रङको स्कुटर, निलो रङको चप्पल र सामसुङ कम्पनीको एक थान मोबाइल छाडेर नदीमा हाम फालेका थिए ।

images
प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - १८:५७:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology