Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम

इच्छाकामना ५ र आँबुखैरेनी गाउँपालिकाका ४ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागी छनौट

इच्छाकामना ५ र आँबुखैरेनी गाउँपालिकाका ४ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागी छनौट

images

इच्छाकामना न्युज

३१, भाद्र २०७९
इच्छाकामना ५ र आँबुखैरेनी गाउँपालिकाका ४ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागी छनौट
images

मुग्लिन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि चितवनको इच्छाकामना गाउँपालिकाका ५ र तनहुँको आँबुखैरेनी गाउँपालिकाका ४ विद्यालय छनोटमा परेका छन्। 

इच्छाकामना गाउँपालिकाका छनौटमा परेका विद्यालयहरु मध्य वडा नंं ४ को बहुलहरी राष्ट्रिय आधारभुत विद्यालयमा २ कोठे भवन बनाउन २२ लाख ५० हजार र सर्वशान्ति माध्यामिक विद्यालयमा ४ कोठे भवन बनाउन २२ लाख ५० हजार, वडा नं. ६ को राष्ट्रिय आधारभुत विद्यालय पैरेनीमा २ कोठे भवन बनाउन २२ लाख ५० हजार र माध्यामिक विद्यालय ढुङ्ग्रेमा आइसिटि ल्याव स्थापना गर्न ६ लाख ५० हजारका साथै वडा नं. ७ को रानिखोला माध्यामिक विद्यालयमा आइसिटि ल्याव स्थापना गर्न ६ लाख ५० हजार रुपैयाँ रहेका छन्।

यस्तै सोहि कार्यक्रम अन्तर्गत आँबुखैरेनी गाउँपालिकाका छनौटमा परेका विद्यालयहरु मध्य वडा नं. १ को चन्द्रोदय माध्यामिक विद्यालयमा आइसिटि ल्याव स्थापना गर्न ६ लाख ५० हजार रुपैयाँ, वडा नं. २ को अकला आधारभुत विद्यालयमा २ कोठे भवन बनाउन २२ लाख ५० हजार रुपैयाँ, वडा नं. ४ को चण्डेश्वरी आधारभुत विद्यालयमा आइसिटि ल्याव स्थापना गर्न ६ लाख ५० हजार रुपैयाँ र वडा नं. ५ को जलदेवी आधारभुत विद्यालयमा २ कोठे भवन बनाउन २२ लाख ५० हजार रुपैयाँ रहेका छन्।

images
प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - ११:३५:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology