कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा नयाँ नयाँ प्रमुख प्रशासकीय अधिकृतमा जगतप्रसाद भुषालले कार्यभार सुरु गरेका छन् । गाउँपालिकामा बुधबारदेखि भुसालले कार्यभार सुरु गरेका हुन् ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत भूसाललाई बुधबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल लगायत जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालय स्वागत गरेका थिए।
गाउँपालिकाका यस अघिका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय लुम्बिनीमा केहि दिन अघि सरुवा भएको थियो।