युक्रेन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्ना सेनाले यस महिना रुसबाट ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको बताउनुभएको छ । सेप्टेम्बरको सुरुवातदेखि युक्रेनको पूर्व र दक्षिणी क्षेत्रको ६ हजार वर्ग किलोमिटर क्षेत्रलाई मुक्त गरेको उहाँको भनाइ छ ।
भर्खरै मुक्त गरिएका सहरहरूमा नीलो र पहेँलो युक्रेनी झण्डा फहराउँदा, युक्रेनी सेनाले २४ घण्टामा २० भन्दा बढी बस्तीहरू मुक्त गरेको उल्लेख छ । यो सफलतालाई युक्रेनले सात महिना यताको युद्धमा मस्कोको सबैभन्दा नराम्रो पराजय भनेको छ ।